काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका ८० जनालाई उद्धार गरेर स्थल मार्गबाट काठमाडौँ ल्याएको छ । सेवा सुरु गरिएको पहिलो दिन शुक्रवार १९ जना र दोस्रो दिन २९ जनालाई र आज पहिलो सिफ्टमा ३२ जनालाई ल्याइएको हो । यात्रुहरुलाई स्थल मार्गबाट उद्धार गर्न भदौ १२ गते एउटा सवारी साधन प्रयोग गरिएको थियो । शनिवार अर्को थप गरेर २ वटाबाट निःशुल्क यातायात सुरु गरेको हो । यसरी सञ्चालनमा ल्याइएका सवारी साधनमध्ये ००६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको हायास छ । ०३० च ७३६४ नम्बरको इभीमा १० जना यात्रु अट्टाउँछन् । यात्रुहरुको अत्याधिक मागका कारण आजबाट बा