नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी प्रभावित भोटेकोशी र त्रिशूली क्षेत्रमा फेला परेका शवको व्यवस्थापन तथा त्यसबाट फैलिएको दुर्गन्ध गम्भीर चुनौतीका रूपमा देखिएको बताएका छन् । कांग्रेस कार्यालयमा आयोजित बैठकमा विपद्पछिको प्रतिकार्य र पार्टीको भूमिकाबारे धारणा राख्दै आङ्देम्बेले शव व्यवस्थापन गर्दा कतिपय अवस्थामा आफन्तको अनुमति नलिइएको विषयसमेत उठिरहेको बताए । ‘फेला परेका शवबाट