रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि काठमाडौंस्थित विभिन्न अस्पतालहरुमा प्रभावितहरुको ठूलो भीड छ । काठमाडौंको ट्रमा सेन्टरमा भने हालसम्म सम्पर्कविहीन भएका आफन्तहरुको तस्विर भित्तामा टाँसेर पहिचान र खोजीका लागि आब्हान गरिएको छ ।