त्रिशुलीको बहाब बढ्यो, सतर्कता अपनाए उद्धार जारी

  • आइबार​ १४ भौ २०८३ १२:११ PM
काठमाडौँ । त्रिशुली नदीमा पानीको बहाब बढेपछि उद्धार प्रभावित भएको बताइएको छ।  आज बिहान ४ बजेदेखि त्रिशुली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको बताइएको छ। माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरुको उद्धार कार्या प्रभावित भएको छ।  सतर्कता अपनाउँदै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।  माथिल्लो त्रिशुली ३ ‘ए’ मा फसेका मानिसहरूको उद्धार कार्यलाई सरकारले गत रातभर जारी रखेको थियो। नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको कार्यालयले जनाएको छ। पहिरो र माटोले पुरिएको त्रिशूली ३ एको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले  हेलिकोप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।