काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता भगवान कार्की राहत कोषमा रकम जम्मा गरेको भन्दै नक्कली कागजात सार्वजनिक गरेको आरोपमा प्रहरीको फन्दामा परेका छन्। रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेका कार्की गाउँपालिका कार्यसमितिका सहसचिवसमेत हुन्। उनी आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाको ‘क्याण्डिडेट क्लब’मा समेत सहभागी भएको बताइएको छ। कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेको दाबी गर्दै बैंक स्टेटमेन्ट, क्यूआर र भौचर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। तर, उनले गरेको दाबीप्रति शंका लागेपछि चिनजानका व्यक्तिहरूले प्रहरीलाई ... The post रास्वपाको क्याण्डिडेट क्लबको तयारीमा थिए पक्राउ परेका रास्वपा नेता कार्की appeared first on Kalika Khabar.