बाजुरा । बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन गरिएको जिल्लाव्यापी पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बाजुराले विसं २०८२ पुसदेखि जिल्लाका नौवटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरी खोरेत, लम्पीस्किन, पिपिआर र इटी रोगविरुद्ध एक लाख ७४ हजार पाँच सय ९८ डोज खोप लगाएको छ