त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

  • आइबार​ १४ भौ २०८३ ११:२१ AM
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज तथा उद्धारमा नेपाली सेनासहितको प्राविधिक टोली परिचालन  भएको छ ।   आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइट इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर काम सुरु गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ ।   प्रतिकूल मौसम तथा चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार गर्न जटिल भए पनि खोज टोली सचेत भएर काममा जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।