काठमाडौं । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ बराबरको बहुचरणीय सहयोग कार्यक्रम घोषणा गरेका छन्। चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्नेदेखि सुरक्षित आवास, दीर्घकालीन पुनर्स्थापना तथा जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका कार्यक्रम सञ्चालन गरिने बताएका छन्। कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, खानेपानी, तयार खाना, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री तथा आवश्यक स्वास्थ्य र खोप सामग्री उपलब्ध गराइनेछ। फाउन्डेसन र बैंकका अनुसार राहत सामग्री वितरण भदौ ११ गतेदेखि सुरु भइसकेको छ। नुवाकोट ... The post विपत्तिमा चौधरी ग्रुप र नबिल बैंकको १५ करोडको प्याकेज : राहतदेखि ५०० अस्थायी घर निर्माणसम्म appeared first on Kalika Khabar.