काठमाडाैं । वर्षायाम सुरु हुनासाथ नेपालका पहाडी खोच र नदी तटीय क्षेत्रहरूमा बाढी, पहिरो र लेदोको वितण्डा दोहोरिनु कुनै नौलो नियति होइन । तर, हरेक वर्ष उस्तै प्रकृतिको विपत्तिले सयौँ नागरिकको ज्यान लिँदा र अर्बौंको भौतिक संरचना बगाउँदा पनि राज्य सधैँ पहिलो पटक दुर्घटना भोगेझैँ लाचार किन देखिन्छ ? हालै भोटेकोशी–रसुवा करिडोरको बाढीग्रस्त क्षेत्रमा पुगेर