भक्तपुर । सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार ५५५ जम्मा गर्ने निर्णय गरेको छ । नगर प्रमुख वासुदेव थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको २१५ औँ कार्यपालिका बैठकले स्थानीय विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने