काठमाण्डु– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै नक्कली क्यूआर कोड र बैंक स्टेटमेन्ट सामाजिक सञ्जालमा पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसका ३२ वर्षीय भगवान कार्की रहेका छन् । कार्कीले भोटेकोशी बाढी प्रभावितका लागि स्थापना गरिएको कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै