चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर चितवन पुर्याएकामध्ये पहिचान हुन नसकेका ९६ वटा शवहरू शनिबार देवघाटको जंगलमा गाडिएको छ । शव राख्न चिस्यान केन्द्रको अभाव हुनुका साथै शवहरू सडेगलेर महामारीको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बैठक बसेर पहिचान नभएका शवहरू गाड्ने निर्णय गरेको हो । चितवनका इन्स्पेक्टर अनिल थापाका अनुसार शनिबार बेलुकीसम्म ९६ वटा शवको व्यवस्थापन भइसकेको छ भने बाँकी शवहरू गाड्ने काम आज पुनः जारी रहनेछ । चितवनमा शनिबारसम्म बाढीले बगाएर ल्याएका कुल २५९ जनाको शव फेला परेको छ । फेला परेकामध्ये ९ जनाको मात्र आफन्तले पहिचान गरी बुझिलिएका छन् ... The post चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो appeared first on Kalika Khabar.