काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा सडकको तल्लो भाग कटान भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्। उनका अनुसार बाढीले सडक कटान गरेपछि केही भाग भासिएको छ, जसका कारण सडकमा सवारी आवागमन