रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्। बाढीको जोखिमलाई मध्यनजर गर्दै रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि पूर्ण रूपमा सञ्चालन गरिएका हुन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौंतर्फ जाने र आउने सबै किसिमका सवारी साधनहरूको आवगमन सुचारु भएको छ। यसअघि भोटेकोशी नदीमा बाढी आएको सूचनाका