रसुवा बाढी प्रभावित ७ हजार ५१४ जनाको उद्धार, ५ अर्ब आर्थिक सहयोग संकलन

  • शनिबार १३ भौ २०८३ ०२:२६ PM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा नेपाल सरकारले उद्धार, उपचार, राहत तथा पुन:स्थापनाका कामलाई तीव्र बनाएको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार प्रतिकूल मौसम र विकट भौगोलिक अवस्थाका बाबजुद प्रभावित क्षेत्रबाट शनिबार साँझ साढे ५ बजेसम्म ७ हजार