बाढीग्रस्त क्षेत्रमा महानगरपालिकाले ४ वटा शव वाहन पठायो : ५ वटा शव बोकेर एउटा फर्किँदै 

  • शनिबार १३ भौ २०८३ ०८:१८ PM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज नुवाकोट पठाएका ४ वटा शव वाहनमध्ये एउटाले ५ वटा शव बोकेर फर्किँदैछ । त्रिशुली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर फर्किएको हो । यसरी ल्याइएका शवहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछ ।  सूर्य विनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहनहरु परिचालन गरेको हो ।  हरेक शव वाहनमा १ जना नगर प्रहरी खटाइएको छ ।