नेपाल रेडक्रस सोसाइटीले पछिल्लो समय आएको बाढीपहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलनसँगै प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत, अस्थायी आवास तथा खानेपानी व्यवस्थापनलाई तीव्र बनाएको छ । रेडक्रसका अनुसार विशेषगरी नुवाकोट, धादिङ, रसुवा लगायतका जिल्लामा बाढी तथा पहिरोले घर, खेतीपाती, पशुचौपाया, पसल तथा जीविकोपार्जनका आधारहरू बगाउँदा ठूलो संख्यामा मानिस विस्थापित भएका छन्