राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित बालबालिकालाई पूर्वस्वीकृति तथा कानुनी प्रक्रियाबिना व्यक्तिगत वा संस्थागत संरक्षणका लागि ओसारपसार नगर्न र बाल गृहहरूमा नराख्न सचेत गराएको छ । गत भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ लगायतका जिल्लामा आएको बाढीका कारण बाबुआमा तथा संरक्षक गुमाएका, बेपत्ता भएका वा घाइते भई अलपत्र