परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकको खोजी, उद्धार र पहिचानका लागि सरकारले सबै उपलब्ध स्रोतसाधन परिचालन गरेको बताएका छन् । शनिबार भोटेकोशी बाढीबारे आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले धेरै विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा छुट्टै आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरिएको जानकारी दिए । ‘नेपाल सरकार आफ्ना छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय