काठमाण्डु – राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति विना बालगृह वा अस्थायी संरक्षण केन्द्रमा राख्न रोक लगाएको छ । भदौ १० गते रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँलगायत जिल्लामा आएको बाढीका कारण बुवाआमा वा संरक्षक गुमाएका, बेपत्ता भएका तथा आफैँ घाइते भएका बालबालिकाको संरक्षणमा विशेष ध्यान