भारतको विशेष प्राविधिक टोलीद्वारा बाढी प्रभावित क्षेत्रका सुरुङको स्थलगत निरीक्षण

  • शनिबार १३ भौ २०८३ ०२:१५ PM
काठमाण्डु – भारतको विशेष प्राविधिक टोलीले बाढी प्रभावित क्षेत्रमा रहेका सुरुङहरूको स्थलगत निरीक्षण गरेको छ । सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अगाडि बढाउन विशेष टोलीले स्थलगत निरीक्षण गरेको छ । विशेष प्राविधिक टोली विमानमार्फत शनिबार नेपाल आएको छ । टोलीमा ११ सदस्यीय मेडिकल तथा टनेल रेस्क्यु टोलीका साथै अन्य राहत सामग्रीसमेत ल्याइएको छ