काठमाडौ । छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् । रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेकाबेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोलीहरू आजै नेपाल आइपुगेका