काठमाण्डु – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गर्दै महाधिवेशनको तयारी अघि बढाउने भएको छ । संस्थापनइतर पक्षको महाधिवेशन तयारीको नेतृत्व डा. शशांक कोइरालाले गर्ने भएका छन् । १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. कोइरालाले शनिबार प्रेस विज्ञप्तिमार्फत छुट्टै कार्यतालिका सार्वजनिक गरी महाधिवेशन प्रक्रिया अघि बढाउने जानकारी दिए ।