परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङबिच टेलिफोन वार्ता

  • शनिबार १३ भौ २०८३ ०१:०९ PM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबिच शनिबार टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा दुवै नेताले रसुवा–जिलोङ बन्दरगाह क्षेत्रको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । दुवै नेताबिच बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा राहत कार्यका विषयमा