चितवनमा पहिचान नखुलेका २२८ शव देवघाटको जंगलमा व्यवस्थापन गरिने

  • शनिबार १३ भौ २०८३ १२:१८ PM
चितवन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवलाई देवघाटको जंगलमा व्यवस्थापन गरिने भएको छ । चितवनमा अहिलेसम्म २२८ वटा शव फेला परेका छन् । तीमध्ये पाँचवटाको मात्र पहिचान खुलेको छ । पहिचान हुन नसकेका शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समितिले शव व्यवस्थापन