काठमाडौं । मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेले शनिवार संचारकर्मीसँग कुरा गर्दै यसबारे जानकारी दिएका हुन् । प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय