काठमाडौँ । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ । शनिबार सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । उसका लागि टम रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । नेपालका