चितवनको जंगलमा खाल्डो खनेर शव व्यवस्थापन, आफन्तसँग डीएनए मिलेमा जिम्मा लगाइने

  • शनिबार १३ भौ २०८३ १२:०२ PM
काठमाण्डु – भोटेकोशीको विनाशकारी बाढीमा बगेर चितवन पुगेका सयौँ शवलाई व्यवस्थापन गर्न जंगलमा खाल्डो खनेर सुरक्षित गरिने भएको छ । नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको व्यवस्थापन सुरु गरिएको छ । चितवनमा फेला परेका २३३ शवमध्ये हालसम्म ५ जनाको मात्र सनाखत भएको र बाँकी शवहरू सड्न–गल्न थालेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड