काठमाडौं । नेपाल प्रहरीले रसुवा बाढीबाट प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनको कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले विपद्पछिको अवस्थालाई सम्बोधन गर्न प्रहरी संगठन अहोरात्र खटिएको जानकारी दिए । प्रहरीका अनुसार फेला परेका शवको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा