सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल- होटलमा महंगी छ, चाउचाउ विस्कुट मिलाइदिनुहोस

  • शनिबार १३ भौ २०८३ ११:४२ AM
रसुवाका विभिन्न स्थानबाट उद्धार गरी नुवाकोटस्थित आर्मी ब्यारेकमा ल्याइएका बाढीपीडितहरूको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरू केही दिनदेखि ब्यारेक परिसरमै बसिरहेका छन् । तर, बसोबास, खानेकुरा तथा आवश्यक सामग्रीको अभावका कारण उनीहरूले कठिनाइ भोगिरहेका छन् । ब्यारेकमा चार दिनदेखि बसिरहेका राजेश केसीले होटलहरूमा अत्याधिक महँगी