काठमाडौं । बाढीपहिरो र जलविद्युत आयोजनामा आएको विपत्तिपछि मैदानमा प्रदेश सरकारको उपस्थिति नदेखिएको र तीन तहका सरकारबिच समन्वयको चरम अभाव रहेको भन्दै तिब्र आलोचना भइरहेका बेला वागमती प्रदेश सरकारले कार्यविभाजन, सूचना संप्रेषण र अन्तर–सरकारी सहकार्यमा कमजोरी भएको स्वीकार गरेको छ । संचारकर्मीसँगको विशेष कुराकानीमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को आकार अकल्पनीय रूपमा ठूलो