माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा फसेका श्रमिकको उद्धारमा नेपाली र चिनियाँ टोली परिचालन

  • शनिबार १३ भौ २०८३ ११:१२ AM
काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धारका लागि नेपाल सरकारले विशेष टोली परिचालन गरेको छ । उद्धारका लागि नेपाल सरकारको अनुमतिमा ६ जना चिनियाँ प्राविधिक विज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग मिलेर उद्धारको काम गर्नेछ ।