काठमाडौँ । बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित बालबालिकाका लागि अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ । प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वेच्छिक रूपमा सहयोग रकम सङ्कलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ । “एनटी टप एन्ड टी-२० सिरिजका बाँकी खेलमा दर्शकलाई