म गीत गाऊँ भन्दिनँ पराजित शब्दहरूको। शब्दहरू बेचैनीमा डुबेका छन्, संगीतको ताल–सुर छैन, गायकहरू गाउनै सक्दैनन् आत्मउद्बोधनको गीत। पहाडहरू खुलेका छैनन् भुइँकुहिरोको साम्राज्य भएपछि। ताराहरू हाँसेका छैनन्, औँसीले रातहरू निलेपछि। तिम्रो कर्कश स्वर सुनेर सारङ्गी रुन्छ, बज्दैन बाँसुरी, आल्हादित हुन सक्दैन गायक। यात्रुहरू थकित देखिएका छन्, सुस्ताउने चौतारी छैन। खोलाका बगर उदास छन्, जङ्घार तर्ने