काठमाण्डु– बाढीपछि त्रिशूली थ्रि–ए जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि सुरक्षाकर्मीले ड्रिलिङ थालेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले सुरुङको बाहिरी भाग पत्ता लगाएर उद्धारको पहुँच बनाउन ड्रिलिङ सुरु गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भदौ १० गते आएको बाढीपछि आयोजनाको सुरुङभित्र नागरिक फसेको