काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको पुनर्स्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताएका छन् । क्षतिको विस्तृत मूल्यांकनपछि आवश्यक परे दाता सम्मेलन आयोजना गर्न सकिने उनले संकेत गरेका छन् । शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा खनालले त्रिशूली बाढीका कारण सडक, पुल, जलविद्युत् आयोजना लगायतका पूर्वाधारमा ठूलो क्षति पुगेकाले