काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ । बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका १०२ शवमध्ये अहिलेसम्म छ शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । कतिपय शव क्षतविक्षत भएकाले चिन्नै नसिकिने अवस्थामा रहेको उनको भनाइ छ ।