काठमाडौँ । रसुवाको भोटेकोशीमा १० गते बुधबार बिहान गएको अचानकको बाढीमा परी घाइते भई वीर अस्पतालमा उपचाररत एक जनालाई आज घर पठाइएको छ । अस्पतालका निर्देशक डा विकास नेपालका अनुसार बाढीपछि वीर अस्पतालमा उपचारका लागि ल्याइएका १७ जना घाइतेमध्ये १६ जना उपचारपछि निको भएर घर गइसकेका छन् । अब एक जना मात्रै उपचाररत छन् ।