बाढी प्रभावितको उद्धार तथा राहतका लागि ईयूले २० लाख युरो दिने

  • शनिबार १३ भौ २०८३ ०९:०९ AM
काठमाडौं । युरोपेली सङ्घ (ईयू) ले नेपालमा आएको अकस्मात् बाढीबाट प्रभावित समुदायका लागि २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । ईयूले शनिबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावितलाई खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयलगायत तत्काल आवश्यक सहयोगका लागि उक्त रकम उपलब्ध गराउने जनाएको हो । ईयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले प्रभावित