त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी

  • शनिबार १३ भौ २०८३ ०१:४३ PM
काठमाडौँ । त्रिशूली ३ ए जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । उत्खननको प्रगति राम्रो रहेको भन्दै थप तीन घण्टामा सुरुङको मुखमा पुग्ने अनुमान रहेको भनेर बिहान ११ बजे रिर्पोटिङ भएको छ । यसअनुसार दिउँसो २ बजेसम्म सुरुङको मुखमा पुग्ने अनुमान रहेको जनाइएको हो । यसअघि, यस क्षेत्रमा फसेको भन्दै आफन्तहरूले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् । शुक्रबार कपिलवस्तुकी सिता अधिकारी आफ्नो श्रीमनसहितका कर्मचारी कुलेखानी तेस्रोबाट रसुवा ३ ए जलविद्युत आयोजनाको टनेलमा फसेको हुन सक्ने भनेर उद्धारको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेकी थिइन् । अर्का इन्जिनियर विनोद पाण्डेको परिवारले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । इन्जिनियर विनोद पाण्डेको आफन्तका अनुसार ३५ जना बढी सुरुङभित्र थुनिएको जानकारी छ ।