काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उनले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा नेता आङ्देम्बेले बाढी