काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव दिएका छन् । रसुवामा आएको बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र श्रमिकहरू फसेको चार दिन बितिसक्दा पनि उद्धार हुन नसकेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्