काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सहयोग जुटाउन अपिल गरेको छ। पार्टीले शुक्रवार जारी गरेको विज्ञप्तिमा भोटेकोसी बाढीबाट पीडित जनताको राहत र पुनरुद्धार देशको साझा जिम्मेवारी भएको उल्लेख गर्दै नेपाल सरकार, सम्पूर्ण देशवासी, विदेशमा रहेका नेपाली तथा मित्र राष्ट्रहरूको ध्यानाकर्षण गराएको छ। विज्ञप्तिमा पार्टीले