काठमाडौं । आजको आधुनिक मानव सभ्यता प्रविधिको शिखरमा पुगेर पनि भित्रभित्रै चरम विखण्डन र अशान्तिको दलदलमा फसेको छ । विगत साढे दुई सय वर्षदेखि संसारमा एउटै पश्चिमा चिन्तन हाबी रह्यो कि मानव समाज विपरितको द्वन्द्व, निषेध र लडाइँबाट मात्र अगाडि बढ्छ । कार्ल माक्र्सको ‘वाद’ ले समाजमा घृणा र प्रतिशोधको विष रोपेर क्रान्तिको बाटो देखायो