परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित

  • शनिबार १३ भौ २०८३ ०६:४८ AM
काठमाडौँ : रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर खनाल सर्बिया भ्रमणमा नजाने भएका छन् । मन्त्री खनाल असंलग्न आन्दोलन (नाम) को उच्चस्तरीय स्मरणसभा (हाई-लेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन आइतबार सर्बियाको राजधानी बेलग्रेड जाने कार्यक्रम थियो। बेलग्रेडमा भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। मन्त्रिपरिषद्को साउन २६ गतेको निर्णयअनुसार परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागी हुने तयारी गरिएको थियो। तर, रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि मन्त्री खनाल सबिया भ्रमणमा नजाने भएका ... The post परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगित appeared first on Kalika Khabar.