ग्लोबल स्मार्ट प्लसबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

  • शनिबार १३ भौ २०८३ ०६:१६ AM
काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सकिने सुविधा ल्याएको छ । बैंकका ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल बैंकिङ एपमार्फत केही क्लिकमै उद्धार कोषमा रकम जम्मा गर्न सक्नेछन् । यसका लागि एपमा खाता छनोट गरी योगदानकर्ताको नाम र सहयोग रकम उल्लेख गरेपछि रकम पठाउन सकिने बैंकले जनाएको छ ।