काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको सेफ तोडेर पैसा निकालेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा स्थानीयले बाढीले बगाएर ल्याएको सेफ भेटेका थिए । उनीहरूले सेफ तोडेर त्यसमा रहेको पैसा निकालेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले पक्राउ परेका २९ जनाको