काठमाडौं । हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्याएको छ । यस्तो दुःखद् परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो । नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनीले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । “यस ... The post बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुपद्वारा १ करोड सहयोग appeared first on Kalika Khabar.