भोटेकोशी बाढी : भारत, चीन, अस्ट्रेलिया र दक्षिण कोरियाले खोज तथा उद्धारमा सघाउने

  • शनिबार १३ भौ २०८३ ०५:५२ AM
काठमाण्डु – भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपालले अन्तर्राष्ट्रिय सहयोग लिने भएको छ । यसअघि सरकारले नेपाली उद्धार टोली खोज तथा उद्धार अभियान सञ्चालन गर्न सक्षम रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग नलिने बताएको थियो । तर सुरुङभित्र उद्धार, डीएनए परीक्षण तथा फरेन्सिक जाँचका लागि विदेशी विशेषज्ञको सरकारले सीमित सहयोग लिने निर्णय गरेको छ।