पोखरा । रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा आएको भीषण बाढी तथा प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ गते बसेको बैठकले विश्वविद्यालयमा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारीबाट तहअनुसार निश्चित रकम संकलन